site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी राष्ट्रपतीय चुनावमा के हो हात्ती–गधाको लडाइँ ?

काठमाडौं । ८ सेप्टेम्बर १९६० को कुरा हो । डेमोक्रेटिक पार्टीका राष्ट्रपति उमेदवार जोन एफ केनेडी चुनावी प्रचारका लागि अमेरिकाको ओरेगन राज्य पुगेका बेला समर्थकहरूले उनलाई घेरे ।

केनेडीले समर्थकहरूको भिडमा केही देखे, जसले उनको अनुहारमा मुस्कान ल्यायो । वास्तवमा केनेडीका केही समर्थकले आफूसँगै दुईवटा गधा ल्याएका थिए । केनेडीले गधा ल्याउनेहरूको प्रशंसा गरे ।

यस चुनावमा रिचर्ड निक्सन रिपब्लिकन पार्टीबाट केनेडीविरुद्ध उमेदवार थिए । चुनावी अभियानका लागि हवाई पुग्दा विमानस्थलमै उनलाई कागजको ठूलो हात्तीले स्वागत गरिएको थियो । निक्सनले पनि हात्ती निर्माताको खुलेरै प्रशंसा गरेका थए ।

गधा र हात्तीलाई अमेरिकी चुनावको महत्त्वपूर्ण हिस्सा मानिन्छ ।

1960 में डेमोक्रेटिक पार्टी के उम्मीदवार जॉन एफ कैनेडी रैली में आए गधों को सहलाते हुए।

१९६० को डेमोक्रेटिक पार्टीका उमेदवार जोन एफ केनेडी एक र्‍यालीमा गधालाई सुमसुम्याउँदै ।


हात्ती र गधा कहिले अमेरिकी चुनावको हिस्सा बने ?

सन् १८२८ को कुरा हो । एन्ड्रयु ज्याक्सन अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीबाट उमेदवार थिए । उनको प्रतिस्पर्धा ह्विग पार्टीका जोन एडम्ससँग थियो । ज्याक्सनले चुनाव जित्नका लागि केही प्रतिज्ञाहरू गरे, जसलाई एडम्सले धेरै उपहास गरे ।

एडम्सले ज्याक्सनको नाम विकृत गरे र उनलाई ज्याकस (गधा) भन्न थाले । ज्याक्सनले यसलाई चुनौतीको रूपमा लिए र आफ्नो चुनावी पोस्टरमा गधाको तस्बिर छाप्न थाले । ज्याक्सनले त्यो चुनाव पनि जिते । त्यसपछि डेमोक्रेटहरूले गधालाई आफ्नो चुनावी अभियानको हिस्सा बनाउन थालेका हुन्  ।

रिचर्ड निक्सन पत्नी के साथ हवाई राज्य के एयरपोर्ट पर कागज बने हाथ को देखते हुए।

रिचर्ड निक्सन हवाई स्टेट एयरपोर्टमा आफ्नी पत्नीसँग कागजको हात्ती हेर्दै ।


त्यस्तै, सन् १८६० पनि अमेरिकामा चुनावी वर्ष थियो । रिपब्लिकन पार्टीका उमेदवार अब्राहम लिंकन इलिनोइस राज्यमा बलियो रूपमा अगाडि थिए । लिंकनलाई प्रभावशाली बनाउन अखबारहरूले यसको सट्टा हात्तीको चित्र छाप्न थाले । यो पहिलोपटक थियो, जब रिपब्लिकन पार्टीलाई हात्तीको रूपमा चित्रण गरिएको थियो ।

तर, डेमोक्रेटिक पार्टीलाई गधा र रिपब्लिकन पार्टीलाई हात्ती भनेर चिनाउन सबैभन्दा महत्त्वपूर्ण भूमिका अमेरिकाका चर्चित कार्टुनिस्ट थोमस नेस्टले खेलेका थिए ।

थॉमस नेस्ट का यह कार्टून 1879 का है। इसमें उन्होंने रिपब्लिकन पार्टी को ताकतवर दर्शाने की कोशिश की है।

थोमस नेस्टको यो कार्टुन १८७९ को हो । यसमा उनले रिपब्लिकन पार्टीलाई शक्तिशाली देखाउने प्रयास गरेका छन् ।


उनले डेमोक्रेटिक पार्टीका लागि गधा र रिपब्लिकन पार्टीका लागि हात्तीको कार्टुन १८७० को दशकमा व्यापकरूपमा प्रयोग गरे । परिणामस्वरूप दुवै पक्षले गधा र हात्तीलाई आफ्नो स्थायी पहिचान बनाए, जुन अहिलेसम्म जारी छ ।

कसरी अमेरिकी राजनीति रातो र निलोमा विभाजित भयो ?

अमेरिकामा पार्टीको रङको पछाडि कुनै विचारधारा छैन । दुई पक्षबीचको यो रङ विभाजन २४ वर्ष पुरानोमात्रै हो । सीएनएनका अनुसार, केही दशकअघिसम्म राजनीतिमा रङको खासै महत्त्व थिएन, किनभने टेलिभिजन र पत्रपत्रिकाहरू कालो र सेतो थिए ।

पछि, रंगिन टीभी र पत्रिकाहरूको आगमनसँगै रङको प्रयोग हुन थालेको हो । तर, त्यसबेला सबै मिडिया हाउसले आआफ्नो हिसाबले प्रयोग गरे । सन् १९७६ को चुनावमा एबीसी च्यानलले रिपब्लिकन पार्टीलाई पहेँलो र १९८० को चुनावमा रिपब्लिकन पार्टीलाई रातो रङमा देखाएको थियो । त्यसैबेला डेमोक्रेटिक पार्टीलाई कहिले रातो र कहिले निलोमा देखाउन थालियो ।

सन् २००० को चुनावमा भने पहिलोपटक सबै अमेरिकी मिडियाले रिपब्लिकन पार्टीलाई रातो र डेमोक्रेटिक पार्टीलाई निलो रङमा देखाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro