site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तथ्यहीन सूचनाले पत्रकारितामाथि धावा बोल्यो : अध्यक्ष बस्नेत
फाइल तस्बिर ।

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यहीन र एकपक्षीय सूचना सम्प्रेषणले पत्रकारितामाथि धावा बोलेको टिप्पणी गरेका छन् । पत्रकारिताको आवरणमा गलत क्रियाकलाप रोक्न काउन्सिलले तदारुकता देखाइरहेको उनले बताए ।

शुक्रबारदेखि विविध मातृभाषामा समाचार दिन थालेको एक अनलाइनलाई शुभकामना दिने क्रममा अध्यक्ष बस्नेतले अबको पत्रकारिता प्रविधिमैत्री र रचनात्मक हुनुपर्ने सुझाव राखे ।

"आजको डिजिटल दुनियाँमा प्रविधिमैत्री र सबैले अपनत्व लिने माध्यम भएमात्र पत्रकारिता फस्टाउँछ । समाचारका प्रस्तुतिमा फरकपन ल्याउनुपर्छ," उनले भने, "तथ्य र आधारहीन, एकपक्षीय र हावादारी प्रस्तुतिले पत्रकारितामाथि धावा बोलेको छ । यसलाई रोक्न विश्वसनीय र रचनात्मक पत्रकारिताको खाँचो छ । अबको पत्रकारिताको धार यसतर्फ केन्द्रित हुनैपर्छ ।"

प्रेस काउन्सिलले तीन महिना यता रचनात्मक र समाधानमुखी पत्रकारितालाई सबै समाचार कक्षमा लागु गराउन विशेष अभियान थालेको छ । मिडियाको दुरुपयोग गर्दै आधारहीन, अश्लील र एकपक्षीय सामाग्री प्रकाशन गर्ने युट्युबसहित विभिन्न माध्यममाथि कडा निगरानी गर्दै आएको छ ।

काउन्सिलले युट्युब व्यवस्थापनसम्बन्धी बेग्लै कार्यविधि बनाई नियमन गर्दै आएको छ । दसैँअघि मात्रै काउन्सिलले ४३ वटा युट्युबलाई कारबाही गरेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  २१:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro