site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हामीले कुनै पनि काण्डमा अनुसन्धान नगर भनेनौँ, तर नयाँको ताल यस्तो छ : शंकर पोखरेल
फाइल तस्बिर ।

भरतपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सहकारी प्रकरणमा परेका नेतालाई छानबिन गर्न पाइँदैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न नसुहाएका छन् ।

विभिन्न चाडपर्वका अवसरमा एमाले चितवनले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमालेले पार्टीका कुनै पनि नेतालाई अनुसन्धान नगर भनेर आन्दोलन र जुलुस ननिकालेको तर नयाँ भनिएकाले यस्तो गरिररहेकामा आपत्ति जनाए ।

Dabur Nepal
NIC Asia

महासचिव पोखरेलले भने, “सहकारी प्रकरणमा एमाले नेतृत्वको सरकारले कसैलाई अन्याय गर्‍यो कि भन्ने लाग्न सक्छ । तर, व्यक्तिकेन्द्रित छानबिन नगरौँ भन्ने पार्टीले त्यस्तो गर्न सक्दैन । छानबिन समिति सबै दलको सहभागितामा निर्माण गरिएको हो । तीमध्ये दुई पार्टी सत्ता र तीन पार्टी प्रतिपक्षमा रहेका छौँ, सबैको सर्वसम्मतिमा प्रतिवेदन तयार भएको र सरोकारवाला निकायले अनुसन्धान अघि बढाएको कुरालाई प्रतिशोध भनेर उचाल्नु राम्रो होइन ।”
 
यसैगरी, उनले नयाँ भनेका पार्टीभन्दा पुरानै पार्टीले बरु न्यायालयप्रति सम्मान गरेर सहयोग गर्दै आएको  धारणा राखे । “कांग्रेस–एमालेले कुनै पनि काण्डमा अनुसन्धानको प्रक्रिया रोक्न नाराजुलुस गरेका छैनन् । तर, नयाँ भनिएका पार्टीले ठगी प्रकरणमा परेकालाई छानबिन गर्न पाइँदैन भनेर आन्दोलन गरिरहेका छन् । यो राम्रो भएन,” महासचिव पोखरेलको भनाइ थियो ।

पटकपटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ गरेको चितवन कुनै पनि बहकाउमा नलाग्ने उनले विश्वास व्यक्त गरे । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  २१:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro