site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साफ फाइनलको टिकट एन्फा आफैँले बेच्ने, टिकेटिङ पार्टनरसँगको सम्झौता रद्द

काठमाडौं । साफ महिला च्याम्पियन–२०२४ फाइनलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैँले बेच्ने भएको छ । एन्फाले मंगलबार पत्रकार सम्मेलनमार्फत फाइनलका निम्ति आफैँले टिकट बेच्ने जनाएको हो ।

यसअघि, एन्फाले साफ च्याम्पियनसिपको टिकेटिङ पार्टनरको रूपमा माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सम्झौता गरेको थियो । एन्फाले प्रतियोगिताका निम्ति एभरेस्टसँग ८० लाख रुपैयाँमा सम्झौता गरेको थियो । 

तर, प्रतियोगिताको सेमिफाइनलमा सम्झौताविपरीत टिकट बेचेको र त्यसले रंगशालामा गम्भीर सुरक्षा चुनौती बढाएको भन्दै एन्फाले सम्झौता रद्द गरेको जनाएको हो । 

दशरथ रंगशालाको क्षमता १५ हजार प्यारापिट हो । एन्फाले एभरेस्टलाई एक खेलमा बढीमा ११ हजार टिकट बेच्न भनेको थियो । तर, कम्पनीले १८ हजार टिकट बेचेको एन्फाले जनाएको छ ।

ANFA1-1730199168.jpg
“कम्पनीले सम्झौताविपरीत क्षमताभन्दा धेरै टिकट बेचेको, सुरक्षा व्यवस्थापन चुस्त बनाउन नसकेको र खेलमा गम्भीर सुरक्षा चुनौती देखिएको हुँदा हामीले सम्झौता रद्द गरेको हौँ,” एन्फाका प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनमा भने, “हामीले स्पष्टीकरण पनि सोधेका थियौँ । आज १० बजेसम्मको समय थियो । तर, उताबाट कुनै प्रतिक्रिया नआएपछि यो निर्णयमा पुग्यौँ । फाइनलको टिकट एन्फाले नै बेच्ने छ ।”

एन्फाले अब फाइनलका निम्ति ११ हजार टिकटमात्रै बेच्ने जनाएको छ । जसमा साधारणतर्फ १० हजार र भीआईपीतर्फ एक हजार टिकट बेचिने छ । एन्फाले फिफाको नियमअनुसार क्षमताको २० प्रतिशतको टिकट नबेच्ने भएको हो ।

एन्फाले फाइनलका लागि बुधबार बिहान ८ बजे जावलाखेल, एन्फा मुख्यालय सातदोबाटो र त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको आर्मी मुख्यालयतर्फको गेटबाट टिकट लिन सकिने जनाएको छ ।

प्रतियोगिताको फाइनलमा नेपालले बुधबार बंगलादेशसँग खेल्ने तालिका छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro