खेल

काठमाडौं । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबार (मे १७) देखि पुनः सुरु हुने भएको छ । विश्वको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग शुक्रबार एक हप्ताको लागि रोकिएको थियो तर गत शनिबार युद्धविरामको मध्यस्थता पछि पुनः सुरु हुने भएको हो ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी)ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो । बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ ।
साथै, बिहीबार रद्द गरिएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि सुरु हुने जनाइएको छ ।
क्वालिफायर १ जेठ १५ गते (मे २९) र इलिमिनेटर जेठ १६ गते (मे ३०) मा हुनेछ । त्यस्तै, क्वालिफायर २ जेठ १८ गते (जुन १) मा हुनेछ ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२ २३:५६
प्रतिक्रिया दिनुहोस्