site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्लब विश्वकपमा १५ हजार अर्जेन्टिनी समर्थकलाई प्रतिबन्ध
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकामा आयोजना हुने क्लब विश्वकपमा अर्जेन्टिनाका १५ हजार आक्रामक समर्थकलाई प्रतिबन्ध गरिने भएको छ । अर्जेन्टिनाका सुरक्षामन्त्री प्याट्रिसिया बुलरिचले सोमबार ब्युनर्स आयर्सस्थित अमेरिकी दूतावासमा १५ हजार उच्छृंखल समर्थकको सूची बुझाएको रोयटर्सले जनाएको छ । 

नयाँ संरचनामा लगिएको क्लब विश्वकप यसै वर्षको जुन १४ देखि जुलाई १३ सम्म अमेरिकामा हुने तालिका छ । जसमा अर्जेन्टिनाका बोका जुनियर्स र रिभरप्लेट गरी दुई टिमको सहभागिता रहनेछ । 

“यस सूचीमा रहेका १५ हजारभन्दा धेरै समर्थकलाई मैदान प्रवेशमा प्रतिबन्ध गरिनेछ । हाम्रा लागि यो निर्णय निकै महत्त्वपूर्ण छ, किनभने अर्जेन्टिनाको रंगशालामा अराजक गतिविधि गरेकालाई कुनै पनि खेलकुद इभेन्टमा सामेल हुन दिनुहुँदैन,” सुरक्षामन्त्री बुलरिचले भनिन् ।

प्रतियोगितामा अर्जेन्टिनी टोली बोका जुनियर्स समूह ‘सी’मा छ । यस समूहमा बायर्न म्युनिख, अकल्यान्ड सिटी र बेन्फिका छन् । यस्तै, रिभर प्लेट समूह ‘ई’मा छ । यस समूहमा उरावा रेड डायमन्ड्स, मोन्टेरे र एन्टर मिलान छन् । प्रतियोगितामा कुल ३२ टोलीको सहभागिता रहनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro