site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्लो एन्सेलोट्टी ब्राजिलको मुख्य प्रशिक्षकमा नियुक्त
Tiktok banner adTiktok banner ad

काठमाडौं । इटालियन प्रशिक्षक कार्लो एन्सेलोट्टीले ब्राजिलको मुख्य प्रशिक्षक सम्हाल्ने भएका छन् ।

ब्राजिल फुटबल महासंघ (सीबीएफ)ले सोमबार एक विज्ञप्ति जारी गर्दै एन्सेलोट्टीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको हो । बीबीसी स्पोर्टसका अनुसार, एन्सेलोट्टीले सन् २०२४–२५ सिजनको अन्त्यपछि ब्राजिलको जिम्मेवारी सम्हाल्ने छन् ।

“सीबीएफ आत्मीयतासाथ कार्लो एन्सेलोट्टीलाई स्वागत गर्दछ र उनको सफल नेतृत्वको निम्ति उत्साहित छ,” सीबीएफले सोमबार एन्सेलोट्टीलाई स्वागत गर्दै सामाजिक सञ्जालमा लेखेको छ ।

एन्सेलोट्टी अझै पनि रियालको जिम्मेवारीमा छन् । उनी र स्पेनिस क्लबबीच सन् २०२६ सम्मको सम्झौता भए पनि रियालले सिजनको अन्त्यसँगै प्रशिक्षण जिम्मेवारी क्लबकै पूर्व खेलाडीसमेत रहेको जाभी अलोन्सोलाई सुम्पिने निश्चित भइसकेको छ ।

गत मार्चमा चिर–प्रतिद्वन्दी अर्जेन्टिनासँग विश्वकप छनोटमा ४–१ को लज्जास्पद हार बेहोरेपछि ब्राजिलले तत्कालीन प्रशिक्षक डोरिभल जुनियरलाई बर्खास्त गरेको थियो । त्यसयता ब्राजिलको मुख्य प्रशिक्षण खाली थियो ।

एन्सेलोट्टीले विश्वकप छनोटअन्तर्गत आगामी महिना हुने पराग्वे र इक्वेडरविरुद्धको खेलमा ब्राजिलको जिम्मेवारी सम्हाल्ने छन् । विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले १४ खेल खेल्दा पाँच खेलमा हार बेहोरेको छ । तालिकाको चौथो स्थानमा रहेको ब्राजिलले २१ अंक जोडेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  २०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro