
काठमाडौं । नयाँबस्ती युथ क्लबविरुद्ध सहज जित निकाल्दै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झापा फुटबल क्लबले रेलिगेसन जोनसँग दुरी बढाएको छ । सोमबार सातदोबाटास्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा झापाले नयाँबस्तीविरुद्ध ३–१ को जित निकाल्दै अंक दुरी बढाएको हो ।
झापाको जितमा राजेश दाहालले दुई र बबिन बोहराले एक गोल गरे । नयाँबस्तीका सुजन योंज्ञाले एक गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।
खेलको पाचौँ मिनेटमा बबिन बोहोराले झापालाई अग्रता दिलाए । ३९औँ र ८५औँ मिनेटमा राजेश दाहालले गोल गर्दै अग्रतालाई ३–१ को अवस्थामा पुर्याए ।
खेलको ६८औँ मिनेटमा नयाँबस्तीका सुमनले टोलीका निम्ति एक गोल फर्काए । तर, सुमनको गोल टोलीका निम्ति खेलमा फर्कन पर्याप्त थिएन ।
जितसँगै झापाले रेलिगेसन जोनसँग सात अंकको दुरी कायम गरेको छ । झापाले चौथो जित निकाल्दै कुल ११ खेलमा चार जित, तीन बराबरी र चार हारसहित १५ अंक जोडेको हो । पराजित नयाँबस्ती भने आठ अंकका साथ रेलिगेसन जोनमा छ । नयाँबस्तीले ११ खेलमा दुई जित, दुई बराबरी र सात हारबाट आठ अंक बनाएको हो ।