site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६० लाखको म्युजिक भिडियो ?

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मालती’ बोलको गीतमा सुरज विक्रम थापा र डीवी यो म्याजेस्टीको शब्द तथा संगीत छ । 

गीतमा स्वर ममता गुरुङ, बुलेट फ्लो र डीवी यो म्याजेस्टीको छ । 

भिडियो सञ्जय न्यौपानेले निर्देशन गरेका छन् । भिडियोमा साम्राज्ञीसँगै विशाल खरेलले अभिनय छ । 

एक साता लगाएर छायांकन गरिएको भिडियोमा थाइल्यान्डका मोडलहरूलाई कोरसको रूपमा प्रयोग गरिएको छ । भिडियो थाइल्यान्डमा खिचिएको हो ।

नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा ठूलो बजेटमा भिडियो निर्माण भएको निर्माणपक्षले जनाएको छ । भिडियोमा लगानी ६० लाख रहेको निर्माणपक्षको दाबी छ । 

सौरभ लामाले खिचेको म्युजिक भिडियोलाई कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro