site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता पाउनैपर्छ : माधव नेपाल
फाइल तस्बिर ।

कास्की । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सहकारी अपचलनमा संलग्न जो कसैलाई कारबाही हुनुपर्ने बताएका छन् । समाजवादी प्रेस संगठन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले बचतकर्ताले आफूले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्ने पनि बताए ।

“दोषी कसैले उन्मुक्ति नपाऊन्, निर्दोष कोही पनि नफसून् । राजनीतिक पूर्वाग्रहका आधारमा केही पनि काम हुनुहुँदैन । सरकारले बचतकर्ताको पैसा पाउने वातावरण बनाउनुपर्दछ,” उनले भने ।

एकीकृत समाजवादी पार्टीले अहिले अन्य कुनै पार्टीसँग पनि मिल्ने सोच नराखेको र स्थिति पनि नबनेको अध्यक्ष नेपालले बताए । विचार मिल्ने शक्तिसँग मोर्चा बनाएर जान आफूहरू तयार रहेको उनले स्पष्ट पारे ।

“विषयवस्तुमा सहकार्यमा गरेर अघि बढ्न तयार छौँ । अरू पार्टीसँग मिल्ने र एकता गर्ने स्थिति अहिले छैन,” नेपालले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  २१:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro