site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न

काठमाडौं । सवारी उत्पादक कम्पनी ओमोडा एन्ड जेइकोले इन्टरनेसनल युजर समिट (शिखर सम्मेलन) सम्पन्न गरेको छ । चीनको वुहुमा भएको उक्त समिटअन्तर्गतको लार्ज–स्केल ग्रीन च्यारिटी साइक्लिङ इभेन्टमा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान कि मुन समेत सहभागी भएका थिए ।

सम्मेलनमा ओमोडा एन्ड जेइकोको प्यारेन्ट कम्पनी र आईयूसीएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर)बीच चेरिस नेचर नामक ग्लोबल कोअपरेसन प्रोजेक्टमा हस्ताक्षर भएको छ ।

सम्मेलनमा मुनले विश्वव्यापी नयाँ ऊर्जा क्षेत्रमा ओमोडा एन्ड जेइकोको प्यारेन्ट कम्पनीको योगदानको प्रशंसा गरे । उनले दिगो विकासको अवधारणालाई प्रवर्द्धन गर्न र वातावरण संरक्षणको जनचेतना जगाउन ग्रीन साइक्लिङ इनिसिएटिभको महत्त्वलाई जोड दिए । ग्रीन ट्रान्सफर्मेसन तथा लो–कार्बन फ्युचर हासिल गर्न विश्वव्यापी सहकार्यका निम्ति आह्वान समेत उनले गरे ।

सम्मेलनमा ओमोडा एन्ड जेइको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङ पनि सहभागी भएका थिए ।

ओमोडा एन्ड जेइकोले आफ्नो रणनीतिलाई उत्पादनउन्मुखबाट प्रविधिउन्मुखतर्फ सफलतापूर्वक परिवर्तन गरेको जनाएको छ ।

नेपाली बजारमा एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले ओमोडा एन्ड जेइको अटोमोबाइल्स कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता रहेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro