site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
वासिङ्गटन पोस्टले कमला ह्यारिसको पक्षमा तयार पारेको सम्पादकीय जेफ बेजोसले रोके

काठमाडौं । अमेरिकी अखबार वासिङ्गटन पोस्टले कमला ह्यारिसलाई अमेरिकी राष्ट्रपतिका रूपमा समर्थन गर्न तयार पारेको इडिटोरियल (सम्पादकीय) यसका मालिक एवं अमेजोनका संस्थापक जेफ बेजोसले रोकेका छन् ।

मालिकको हस्तक्षेपपछि उक्त सम्पादकीयको ठाउँमा पोस्टका प्रकाशक विल लुइसको स्तम्भ प्रकाशित भएको वासिङ्गटन पोस्टले उल्लेख गरेको छ । उक्त लेखमा लुइसले पोस्टले सन् १९६० मा जोन एफ केन्नेडी र रिचर्ड निक्सन प्रतिस्पर्धामा हुँदा कसैलाई समर्थन नगरेको विषयमा पनि उल्लेख गरिएको छ ।

Dabur Nepal
NIC Asia

निक्सन त्यसपछि अमेरिकी इतिहासको ठूलो राजनीतिक भ्रष्टाचारकाण्ड वाटरगेट स्क्यान्डलमा मुछिएका थिए । उनीविरुद्ध कयौँ मुद्दा एवं आपराधिक आरोप लागेको थियो ।

“हामी बुझ्छौँ कि यसलाई एक उमेदवारको मौन समर्थन, अरुको निन्दा वा जिम्मेवारी त्यागिएको लगायत विभिन्न तरिकाले पढिनेछ,” लुइसले लेखेका छन्, “यो अपरिहार्य छ र हामी त्यसरी हेर्दैनौँ । पोष्टले सधैँ एक नेतामा अमेरिकी सेवाका लागि चरित्र, लगाव, नीतिको शासनको लागि सम्मान र मानव स्वतन्त्रताको सबै पक्षको सम्मान जस्ता विषय हुनुपर्ने कुरामा अडिग छ ।”

कमला ह्यारिसको पक्षमा लेखिएको समर्थन ‘किल’ गर्ने वासिङ्गटन पोस्ट दोस्रो पत्रिका बनेको छ । यसअघि द लस एन्जेलस टाइम्सले पनि लेखिएको सम्पादकीय रोकेको बताइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro