
काठमाडौं । इरानले इजरायलमा गरेको पछिल्लो मिसाइल हमलामा कुनै पनि मावनीय क्षति नभएको खुलेको छ । शुक्रबारदेखि अहिलेसम्म २४ जना मारिएका छन् । यस्तै, ८०० भन्दा बढी घाइते भएका छन् । तर, पछिल्लो मिसाइल हमलामा मृत्यु वा कोही पनि घाइते नभएको इजरायली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
शुक्रबारयता अहिलेसम्म इरानले लगभग ४०० ब्यालिस्टिक मिसाइल र सयौँ ड्रोन आक्रमण गरेको इजरायलको दाबी छ ।
इजरायली अधिकारीका अनुसार, देशभर ४० भन्दा बढी स्थान प्रभावित भएका छन् ।
आइरन डोमले के गर्दै छ ?
इजरायलको आइरन डोम वायु सुरक्षा प्रणालीले धेरै मिसाइल रोक्न सफल भएको बताइएको छ । तर, यसले दैनिक इजरायलको २५ करोड डलर खर्च गराएको बताइएको छ ।
इजरायलले इरानमा कहाँ हमला गर्यो ?
इजरायली सेनाले हवाई आक्रमणको छैटौँ दिन इरानको युरेनियम सेन्ट्रिफ्युज उत्पादन केन्द्र र हतियार निर्माण गर्ने केही साइटमा आक्रमण गरेको छ ।
सैन्य संघर्ष कतातिर बढ्दै छ ?
अहिलेसम्म दुवै पक्षले ठूलो आक्रमण गरिसकेका छन् । तर, अन्तर्राष्ट्रिय समुदायले तनाव कम गर्न मध्यस्थताको प्रयास गरिरहेको छ । युद्ध बढिरहे क्षेत्रीय स्थिरतामा ठूलो प्रभाव पर्न सक्ने बताइएको छ ।
बीबीसीबाट ।