site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली सेनाको दाबी– इरानका हतियार बनाउने धेरै ठाउँमा हमला गर्‍यौँ

काठमाडौं । इजरायली सेनाले आक्रमणको छैटौँ दिन इरानको युरेनियम सेन्ट्रिफ्युज उत्पादन साइट र हतियार निर्माण गर्ने धेरै स्थानमा आक्रमण गरेको दाबी गरेको छ ।

सेन्ट्रिफ्युज युरेनियम सम्बर्धन गर्न प्रयोग हुने मेसिन हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इजरायली सेनाले एक विज्ञप्तिमार्फत ५० भन्दा बढी विमानबाट तेहरानको एक सेन्ट्रिफ्युज उत्पादन सुविधा र धेरै हतियार निर्माण केन्द्रमा आक्रमण गरिएको बताएको छ ।

उनीहरूको भनाइमा यी सुविधामा सतहबाट–सतहमा प्रहार गर्ने मिसाइल जोड्न प्रयोग हुने कच्चा पदार्थ र अन्य सामग्री उत्पादन हुने गर्छ ।

बीबीसीबाट ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्