site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हत्या आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवचुली नगरपालिका–९, विशालटारका २९ वर्षीय अर्जुन नेपाली छन् ।

सोही ठाउँका २९ वर्षीय मिलन मानन्धरको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार (हिजो) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

अर्जुनले धारिलो हतियार प्रहार गर्दा मिलन गम्भीर घाइते भएका भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । लगत्तै उनलाई पक्राउ गरिएको हो ।

हतियार प्रहारबाट गम्भीर घाइते मिलनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro