site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनआरएनएले कात्तिक ११ र १२ गते ग्लोबल कन्क्लेभ आयोजना गर्ने 

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कात्तिक ११ र १२ गते काठमाडौंमा एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ आयोजना गर्ने भएको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’भन्ने नाराका साथ काठमाडौंमा एनआरएन ग्लोबल कन्क्लेभ आयोजना गर्न लागेको जानकारी दिएको हो ।

कन्क्लेभमा सातवटा प्लेनरी सत्र रहने र स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिहरूको सहभागिता रहने संघले जनाएको छ । कन्क्लेभको पहिलो दिन नेपालमा आर्थिक रुपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभावलगायत विषयमा छलफल हुने अध्यक्ष बद्री केसीले जानकारी दिए । 

दोश्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षालगायतमा संघको भूमिका लगायतका विषयमा छलफल हुनेछ । संघका अध्यक्ष केसीले जलवायु परिवर्तनले देखिएको विनासका कारणका बारेमा छुट्टै सेसनमा छलफल हुने जानकारी दिए । 

उनले नेपालमा विपद् पर्दा संघले सहयोग गरेको भन्दै हालैको बाढिपहिरोपछि पनि ४४ भन्दा बढी जिल्लामा ९५ लाख बराबरको राहत बाँडेको बताए । 

संघमा लोकतान्त्रिक मूल्यमान्यता अनुसार भएको निर्वाचनको परिणाम चित्त नबुझाएर सडकबाटै आफूलाई अध्यक्ष घोषणा गरेको देखिएको भन्दै अध्यक्ष केसीले वैधानिक निकासका लागि संघ तयार रहेको बताए । उनले संस्था सञ्चालन गर्ने विधानमा समस्या देखिए आवश्यकताअनुसार परिमार्जन गर्न तयार रहेको धारणा राखे । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro