site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
धमाधम हुँदै अमेरिकी राष्ट्रपतीय चुनावको अग्रिम मतदान

काठमाडौं । अमेरिकामा नोभेम्बर ६ मा राष्ट्रपतीय चुनावका लागि मतदान हुँदै छ । त्यसअघि, अमेरिकाका धेरै ठाउँमा प्रारम्भिक मतदान भइरहेको छ । न्युयोर्क टाइम्सका अनुसार मंगलबारसम्म १.५ करोडभन्दा बढी अमेरिकीहरूले मतदान गरेका छन् ।

 

Dabur Nepal
NIC Asia

निर्वाचनअघि मतदान गर्ने यस प्रक्रियालाई अग्रिम मतदान प्रक्रिया भनिन्छ । यसअघि, पनि अमेरिकी चुनावमा अग्रिम मतदान भइसकेको छ । यसअघिको निर्वाचनमा प्रिपोल भोटिङमा डेमोक्र्याटको वर्चस्व भए पनि यसपटक केही प्रमुख राज्यमा रिपब्लिकनले अग्रता लिन थालेको छ ।

अमेरिकामा अग्रिम मतदान विभिन्न तरिकाले गरिन्छ । अधिकांश राज्यहरूमा मेलइन भोटिङको सुविधा छ । यसमा जनताले पोस्टमार्फत भोट गर्छन् । धेरै राज्यमा मतदाताहरू मतदान केन्द्रमा जान सक्छन् र चुनावअघि पनि व्यक्तिगतरूपमा मतदान गर्न सक्छन् ।

सन् २०२० मा कोरोना महामारीका कारण ६.५ करोड मानिसले हुलाकद्वारा मतदान गरेका थिए । यस्तै, ३.५८ करोड मानिसले भिडबाट बच्न चाँडै मतदान गरे । जुन ६४.४ प्रतिशत हो ।

यसपटक पनि निर्वाचनको दिन नजिकिँदै गर्दा अग्रीम मतदान बढ्दै गएको छ । न्युजविकको रिपोर्ट अनुसार जर्जिया र नर्थ क्यारोलिना राज्यमा अक्टोबर १५ मा प्रारम्भिक मतदान सुरु भएको थियो । दुवै ठाउँबाट एकै दिनमा साढे सात लाखभन्दा बढीले मतदान गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro