अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबारको उच्च मूल्यको रेकर्डलाई तोड्दै छापावाल सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि ३५ रुपैयाँ बढेर पुनः नयाँ रेकर्ड बनाएको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला दुई हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको हालसम्मकै उच्च मूल्य हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१ ११:०३
प्रतिक्रिया दिनुहोस्