site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एचआईभी संक्रमितमा यौनरोग र क्षयरोगको समस्या
SkywellSkywell

चितवन । चितवनका एचआईभी संक्रमितमा यौनरोग (भिरिङ्गी) र क्षयरोगको समस्या देखिने गरेको छ । यस वर्ष गरिएको एचआईभी संक्रमित भएकाहरूको परीक्षणका क्रममा भिरिङ्गी र क्षयरोग देखिएको हो ।  

एड्स हेल्थ फाउन्डेसन वाग्मती प्रदेशका संयोजक कृष्णहरि सापकोटाका अनुसार, यस वर्षको जनवरीयता ५४४ जना संक्रमितको परीक्षणका क्रममा ४५ जनामा भिरिङ्गी रोगको संक्रमण देखिएको हो ।

KFC Island Ad
NIC Asia

उनले भने, “अहिलेको समस्या भनेको एचआईभी संक्रमितमा भिरिङ्गी र क्षयरोगको समस्या बढ्दो क्रममा छ ।” असुरक्षित यौन सम्पर्कका कारण संक्रमितहरूमा भिरिङ्गी रोगको संक्रमणसमेत देखिएको हो । संक्रमित सबैले रोग नियन्त्रणका लागि औषधि सेवन गरिरहेका छन् ।

सापकोटाका अनुसार परीक्षण गरिएकामध्ये १५ जनामा एचआईभी एड्ससँगै क्षयरोगसमेत देखिएको थियो । उनीहरूलाई  अहिले नियमित औषधि सेवन गराइएको उनले जानकारी दिए ।

क्षयरोग देखिनुमा मुख्य समस्या संक्रमितहरूले मादक पदार्थ र धुम्रपानको सेवन अत्यधिक गर्नु रहेको छ । क्षयरोग पुष्टि भएकाबाहेक अन्यलाई समेत औषधिको प्रयोग गरिँदै आइएको उनले बताए ।

फाउन्डेसनको सहयोगमा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेट्र्रो भाइरल थेरापी क्लिनिकका संयोजकसमेत रहनुभएका सापकोटाका अनुसार, जिल्लामा हाल एक हजार २१३ संक्रमितले एन्टी रेट्रो भाइरल औषधि सेवन गर्दै आएका छन् । उनीहरूमध्ये ५९२ पुरुष, ५६८ महिला, ३३ बालबालिका र २० जना तेस्रोलिङ्गी रहेका छन् ।

सन् २०२४ मा जिल्लाका विभिन्न स्थानमा गरिएको एचआईभी परीक्षणमा ७५ जना नयाँ संक्रमित भेटिएको सापकोटाले बताए । उनले भने, “सन् २०२४ यता तीन सय ९६ जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।”

यस वर्ष जिल्लामा नयाँ भेटिएका र बाहिरबाट स्थानान्तरण भएर आएका गरी १५१ नयाँ संक्रमितले औषधि सुरु गरेका छन् । यहाँ नियमित औषधि सेवन गर्नेमध्ये ३० जना स्थानान्तरण भएर गएको उनले बताए । बाह्र जना संक्रमितले नियमित औषधि सेवन गर्न छाडेको सापकोटाले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro