site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल ४–० ले अगाडि

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ को आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो हाफमा ४–० को अग्रता बनाएको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालबाट रेखा पौडेलले दुई गोल गरिन् । यस्तै, प्रीति राई र सविता रानामगरले समान एक गोल गरिन् ।

छैटौँ मिनेटमा प्रीतिले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । २९औँ मिनेटमा सविताले नेपालको अग्रता दोब्बर बनाइन् । सविताले राइट साइड बक्स बाहिरबाट ‘सेकेन्ड बार’मा उत्कृष्ट गोल गरिन् ।

३२औँ मिनेटमा रेखाले गोल गर्दै नेपाललाई ३–० को अग्रतामा राखिन् । राइट साइडबाट रश्मिले निकालेको क्रसमा रेखाले सहजै गोल गरिन् ।

४२औँ मिनेटमा रेखाले दोस्रो गोल गर्दा नेपालले अग्रताालाई ४–० मा पुर्‍यायो । लेफ्ट साइडबाट सविताले निकालेको क्रसलाई सहजै नियन्त्रणमा लिँदै रेखाले बललाई जाली चुमाइन् ।

यसबाहेक, नेपालले पहिलो हाफमा करिब आधा दर्जन गोलका अवसर सिर्जना गरेको थियो । 

३८औँ मिनेटमा विमला चौधरीको प्रहार बारमा लागेर फर्किंदा नेपालले अग्रता अझ फराकिलो बनाउने अवसर गुमायो ।

पहिलो हाफको इन्जुरी समयमा कप्तान रेनुका नगरकोटेले बक्स बाहिरबाट गरेको प्रहार माल्दिभ्सकी गोलकिपरले मुस्किलले बचाइन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro