site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको वायु फेरि अस्वस्थकर, विश्वका प्रदूषित सहरमध्ये नौ नम्बरमा
फाइल तस्बिर ।

काठमाडौं । वर्षायाम सकिएसँगै काठमाडौं उपत्यका फेरि प्रदूषित बनेको छ । उपत्यकाका विभिन्न स्थानमा वायु प्रदूषणको मात्रा अस्वस्थकरको तहमा पुगेको छ ।

वातावरण विभागको पछिल्लो २४ घण्टाको रेकर्डअनुसार, रत्नपार्कमा वायुको गुणस्तर एक्यूआई (एयर क्वालिटी इन्डेक्स) १५२ पुगेको छ । सोही अवधिमा शंखपार्क, खुमलटार, भक्तपुरलगायत स्थानमा एक्यूआई १२० भन्दा माथि पुगेको छ ।

Dabur Nepal
NIC Asia

आइतबार दिउँसो ३ः४५ बजे काठमाडौंको शंखपार्कमा एक्यूआई १३८ र रत्नपार्कमा १०७ पुगेको छ । गएको साउनमा काठमाडौंका यिनै स्थानको वायु सफा भएर एक्यूआई ५ सम्म झरेको थियो ।

काठमाडौंमा गत वर्ष फागुनदेखि वैशाख अन्तिमसम्म अधिकतम एक्यूआई ३०० सम्म पुगेको विभागको रेकर्ड छ ।

यसैबीच, वायुको गुणस्तरको अन्तर्रािष्ट्रय सूचकांक आईक्यू एयरका अनुसार, काठमाडौं विश्वका बढी प्रदूषित १० सहरमध्ये नौ नम्बरमा छ । आइतबार दिउँसो २:४५ को रेकर्ड अनुसार, प्रदूषित सहरको पहिलो नम्बरमा १८९ यूएस एक्यूआईसहित पाकिस्तानको लाहोर छ । नवौँ नम्बरमा रहेको काठमाडौंको औसत एक्यूआई १२४ छ ।

विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । सोभन्दा माथि भए वायु अस्वस्थकर तथा जति एक्यूआई बढ्दै गयो उति हानिकारक मानिन्छ ।

एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २.५ जाँचिन्छ । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड लगायतको मात्रालाई बुझाउँछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro