अर्थ व्यवसाय
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । बैंक र ‘हार्ड रक क्याफे’बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकलाई फुड एण्ड बेवरेज मा १० प्रतिशत छुट दिने सहमति भएको हो ।
छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा बैंकले दिँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१ १४:३२
प्रतिक्रिया दिनुहोस्