site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'एकीकृत समाजवादी संकटमा छ, एक समूह एमालेमा जान सक्छ'

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता वंशिधर मिश्रले पार्टीलाई नेकपा(एमाले)सँग एकीकरण गर्नुपर्ने बताएका छन् । एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको भन्दै नेता मिश्रले एमालेसँग पार्टीको एकीकरण गर्नुपर्ने बताए ।

शनिबार न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उनले पार्टी फुटको कारणलाई हल गर्दै एकीकरण गर्नुपर्ने बताए । उनले तत्कालीन पार्टी एमाले फुट्दै गर्दा नयाँ पार्टीमा कुनै पनि त्रुटि, कमीकमजोरी र असन्तुष्टि नहोस् भन्ने आफूहरूको अपेक्षा रहेको भए पनि त्यस्तो हुन नसकेको बताए ।

Dabur Nepal
NIC Asia

उनले पार्टीको दसौँ महाधिवेशनको म्यान्डेटविपरीत मनोनीत केन्द्रीय सदस्यहरूले पदाधिकारी र पोलिट ब्युरो सदस्य चयन गरिएको भन्दै त्यसमा आफूहरूको असन्तुष्टि रहेको बताए ।

पार्टीभित्र दुई पक्ष हाबी भएको भन्दै उनले पार्टी संकटमा रहेको बताए । नेता मिश्रका अनुसार, पार्टीको औचित्य सकिएकाले नयाँ पार्टी बनाउनुपर्छ भन्ने एउटा पक्ष र सुधार गरेर यही पार्टी बनाउनुपर्छ भन्ने अर्को पक्ष पार्टीभित्र छ ।

"एउटा समुह यसैलाई करेक्सन गर्नुपर्छ, फेरि महाधिवेशन बोलाउने हो कि, यसलाई विघटन नै गर्ने हो कि ? नयाँ ढंगले जानुपर्छ कि भन्नेमा छ । अर्को तेस्रो पक्ष जो संस्थापन धार छ, उसले के भन्दै छ भने जे भयो भयो यसलाई सकेसम्म सहिष्णुता, सुधार गर्दै नयाँ जिम्मेवारी बाँड्दै जानुपर्छ भनेर छिट्टै केन्द्रीय कमिटीको बैठक बोलाउने कुरा भइराखेको अवस्था छ । नेकपा(एकीकृत समाजवादी) पार्टी संकटमा छ," उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro