देश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय वनस्थलीमा रवि लामिछानेको समर्थनमा हुटिङ भएको छ । यस्तै, सरकारविरुद्ध नाराबाजी भएको छ ।
शुक्रबार साँझ पार्टी कार्यालयमा उपस्थित सञ्चारकर्मी र समर्थकहरूलाई सम्बोधन गरेलगत्तै रवि पक्षमा र सरकारको विपक्षमा नाराबाजी भएको हो ।
रास्वपाका समर्थकहरूले 'रवि दाइ, हाई हाई', 'दलाली सरकार, मुर्दावाद', 'भ्रष्ट सरकार, मुर्दावाद' सहितका नारा लगाएका थिए । कास्की प्रहरीबाट पक्राउको अनुमति पाएको प्रहरीले लामिछानेलाई स्थलमार्गबाट पोखरा लगेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१ १८:५८
प्रतिक्रिया दिनुहोस्