site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनमा एप्पलको नयाँ आइफोनको बिक्री २० प्रतिशतले बढ्यो

काठमाडौं । एप्पलले गत महिना सार्वजनिक गरेको नयाँ आइफोनको बिक्री चीनमा राम्रो देखिएको छ । रिसर्च फर्म काउन्टर पोइन्टका अनुसार, एप्पलले नयाँ फोन सार्वजनिक गरेपछिको बिक्री सन् २०२३ को तुलनामा २० प्रतिशतले बढेको छ ।

चीनमा एप्पल र हुवावेको नयाँ फोन गत सेप्टेम्बर २० देखि बिक्रीमा गएको थियो । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारमा अमेरिकी कम्पनीले पछिल्लो समय बजार गुमाउँदै गएको छ ।

पछिल्ला तीन हप्तामा भने एप्पलको आइफोन १६ सिरिजको बिक्री राम्रो देखिएको काउन्टरपोइन्टले जनाएको छ । आइफोन १६ प्रो र प्रो म्याक्सको बिक्री सन् २०२३ को तुलनामा ४४ प्रतिशतले बढेको बताइएको छ ।

चीनमा आइफोनको समग्र बिक्री भने वार्षिकरूपमा २ प्रतिशतले घटेको छ । हुवावेको मेट र पूरा सिरिज र आइफोन १६ बीच चिनियाँ बजारमा प्रतिस्पर्धा छ ।

रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro