देश
काठमाडौं । पाइला पाइला संस्थाले ललितपुरको महाँकाल गाउँपालिका–२ स्थित मानीखेलमा ४४ घरपरिवारलाई जस्तापाता वितरण गरेको छ । पाइला पाइला संस्थाका संस्थापक पासाङकाजी लामाले पाँच लाख बराबरको सहयोग उपलब्ध गराएका हुन् ।
उनले तरुण दलका केन्द्रीय सदस्य अशोक झाको आग्रहमा आफूले सहयोग गरेको लामाले बताए ।
असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछि आएको बाढीका कारण महाँकाल गाउँपालिकामा १३ जनाको ज्यान गएको थियो । सयौँ घर विस्थापित भएका छन् ।
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१ २०:११
प्रतिक्रिया दिनुहोस्