site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धर्मशालामा किन लडिरहेछन् महानगर र मारवाडी सेवा समिति ?

काठमाडौं । पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरबीच २२ असोजमा गौशाला धर्मशाला सञ्चालन गर्ने सम्झौता भयो ।  सम्झौता भएको पछिल्लो दिन २३ असोजमा काठमाडौं महानगरको नगर प्रहरी टोलीसहित गौशाला धर्मशाला पुग्यो । 

तर, १९९७ देखि धर्मशाला चलाउँदै आएको मारवाडी सेवा समितिले धर्मशाला खाली गर्न दिएन । त्यसयता काठमाडौं महानगर धर्मशाला खाली गराउन दैनिक गौशाला पुगिरहेको छ । तर, प्रहरीले धर्मशाला घेरेका कारण महानगर प्रहरी धर्मशाला खाली गराउन सकिरहेको छैन । 

Dabur Nepal
NIC Asia

कोषसँग आफूले चलाउने सम्झौता गरिसकेको धर्मशाला प्रहरी प्रशासनका कारण खाली गर्न नसकिएको बताउँछ काठमाडौं महानगर ।

rajunath-1729073650.JPG
 

महानगर प्रवक्ता नवीन मानन्धर भन्छन्, “पशुपति क्षेत्र विकास कोष र महानगरबीच गौशाला धर्मशाला चलाउने सम्झौता भइसकेको छ । महानगर सोही सम्झौताअनुसार धर्मशाला खाली गराउन गइरहेको छ । तर, प्रहरी प्रशासनले हामीलाई रोकिरहेको छ ।”

२३ असोजमा पनि प्रहरी प्रशासनको उपस्थितिपछि धर्मशाला खाली गर्न गएको महानगर पछि सरेको थियो ।  २९ असोजमा पनि महानगर धर्मशालामा आफ्नो बोर्ड झुन्ड्याउन भनेर पुगेको थियो ।  तर, मारवाडी सेवा समिति र प्रहरी प्रशासनका कारण आफ्नो बोर्ड नराखीकन फर्कियो महानगर ।

मारवाडी सेवा समितिले धर्मशाला १९९७ देखि चलाउँदै आएको छ । समितिका अनुसार यो गौशाला धर्मशालाको स्थापना औद्योगिक घरना केडिया ग्रुपका संस्थापक रहेका रामकुमार मारवाडीले गरेका हुन् । पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच १२ जेठ २०६० मा धर्मशाला सञ्चालन सम्बन्धि सम्झौता भएको थियो । 

dharmashala-1729073649.JPG
 

तर, कोषले १७ साउन २०८० मा समितिसँग गरेको सम्झौता खारेज गर्‍यो ।  त्यसपछि समिति अदालत पुग्यो । तर, जिल्ला अदालत काठमाडौंले १६ असोजमा सम्झौता खारेज गर्ने कोषको निर्णय सदर ग¥यो । 
त्यसपछि कोषले महानगरसँग गौशाला धर्मशाला सञ्चालनको सम्झौता गरेको हो । 

सम्झौता अनुसार महानगर धर्मशाला आफूले चलाउने भन्दै दैनिक धाइरहेको छ । तर, धर्मशकालाको गेटमा तैनाथ प्रहरीका कारण महानगर भित्र छिर्न सकिरहेको छैन । २३ असोजमा महानगर धर्मशाला खाली गराउन जाँदा मारवाडी सेवा समिति र महानगर प्रहरीबीच धरपकड भएको थियो । 

उक्त धरपकड पछि  समितिले काठमाडौं जिल्ला प्रशासनमा सुरक्षा माग गरेको थियो ।  त्यसैगरी २९ असोजमा काठमाडौं महानगरले पनि जिल्ला प्रशासन कार्यालय काठमाडौसँग सुरक्षा माग्यो । महानगर र समिति दुवैले सुरक्षा मागेका कारण आफूले सुरक्षा दिइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । 

dharmashalagaushala-1729073649.JPG
 

सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता अनिल पौडेलले बाह्रखरीसँग भने, “उहाँहारु दुवैले प्रशासनसँग सुरक्षा माग गर्नुभयो । त्यहाँ कुनै अप्रिय घटना नहोस् भनेर हामीले सुरक्षा प्रदान गरेका हौं ।” प्रशासनले कसैलाई नरोकेको बताउँछन् पौडेल । भन्छन्, “हामीले कसैलाई रोकेका होइनौं । हामीले सुरक्षा मात्र दिएका हौं ।”

तर, काठमाडौं महानगरका प्रवक्ता भने धर्मशालाको ढोकामा प्रहरी उभिएका कारण आफूले सम्झौताअनुसार काम गर्न नपाएको बताउँछन् । उनी भन्छन्, “नेपाल सरकारको प्रहरी ढोकामा रहँदासम्म महानगरले सम्झौता अनुसार आफ्नो काम गर्न पाइरहेको छैन ।”

अदालतले फैसला गरिसकेको विषयमा प्रहरी प्रशासन उभ्याउनु न्यायोचित नहुने महानगरको भनाई छ । 

pashupatibikashkosh-1729073649.JPG
 

“सम्झौताअनुसार काम हुनुपर्छ भनेर नगर प्रहरी, त्यहाँ(८ नम्बर)का वडा अध्यक्ष सबै लागेका छन् । तर, जिल्ला प्रशासन कार्यालय भने अदालतले गरेको आदेश समेत नहेरिकन उभिएको छ । अदालतको फैसला विपरीत कुनै समितिले हाम्रो अधिकार छ भन्नु र त्यसको संरक्षण गर्नु कति न्यायोचित हुन्छ ?”

मारवाडी सेवा समिति भने १६ असोजको काठमाडौं जिल्ला अदालतको आदेशको पूर्ण पाठ नआउँदासम्म माथिल्लो अदालतमा जाने आफ्नो अधिकार खोस्न नपाइने बताइरहेको छ । 

८४ वर्षदेखि आफूले चलाउँदै आएको गौशाला धर्मशाला खोसेर कोषले आफूमाथि अन्याय गरेको समितिको दाबी छ । 

pashupati-bikash-kosh-1729073649.JPG
 

“आदेशको पूर्ण पाठ नआउँदै हामीलाई हटाउन पाइँदैन, माथिल्लो अदालतमा जाने हाम्रो न्यायिक अधिकार मिचेर हामीमाथि जबर्जस्ती गरिँदैछ,” मारवाडी सेवा समितिका अध्यक्ष प्रमोद अग्रवाल भन्छन् ।

महानगर र कोषको सम्झौताअनुसार महानगरले धर्मशालामा निःशुल्क खाना र बासको व्यवस्था गर्नेछ ।  निःशुल्क सार्वजनिक शौचालय, आधारभूत स्वास्थ्य सेवा, विपद्मा मानव सेवा व्यवस्थापन सूचना केन्द्र र पुस्तकालय समेत बनाउनेछ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro