site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय कप्तान भन्छिन्– समर्थकको कारणले पनि नेपाली फुटबल राम्रो हुँदै गएको छ
SkywellSkywell

काठमाडौं । साफ महिला च्याम्पियनसिपका निम्ति नेपाल आएको भारतीय महिला फुटबल टिमकी कप्तान आशालता देवीले नेपाली समर्थकको प्रशंसा गरेकी छन् । आशालताले प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा मैदानमा समर्थकको उत्साहपूर्ण साथले पनि नेपाली टिमको प्रदर्शन राम्रो हुँदै गएको बताइन् ।

“मलाई यहाँ धेरै राम्रो लाग्छ । यहाँका समर्थक क्रेजी छन् । २०१९ मा विराटनगरमा भएको साफ च्याम्पियनसिपको फाइनलमा पूरा मैदान समर्थकले भरिएको थियो । समर्थकको उत्साहपूर्ण सहभागिताले हामीलाई पनि अझ राम्रो खेल्न प्रेरित गर्छ,” उनले भनिन् ।

KFC Island Ad
NIC Asia

उनी अगाडि थप्छिन्, “एक फुटबल खेलाडीको रूपमा म उहाँहरूलाई निकै सम्मान गर्छु । उहाँहरूले नेपालको महिला फुटबललाई निकै राम्रो साथ दिइरहनुभएको छ । उहाँहरूको कारणले पनि नेपालको महिला फुटबल धेरै राम्रो हुँदै गएको छ । मलाई नेपाली टिमको समर्थन देखेर यहाँ खेल्न धेरै राम्रो लाग्छ ।”

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । नेपालले लगातार तेस्रोपटक साफ महिला च्याम्पियनसिप आयोजना गर्न लागेको हो । यसअघि, सन् २०१९ संस्करण विराटनगरमा र २०२२ को संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । 

प्रतियोगितामा भारत समूह ‘ए’ मा छ । यस समूहमा भारतसँगै पाकिस्तान र बंगलादेश छन् । यस्तै, समूह ‘बी’ मा घरेलु टिम नेपालसँगै, माल्दिभ्स, भुटान र श्रीलंका छन् । 

प्रतियोगितामा भारतले बिहीबार उद्घाटन खेलमा पाकिस्तानसँग खेल्ने तालिका छ । यो खेल अपराह्न ५ः३० बजेदेखि सुरु हुने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro