अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन १३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार आठ सय रुपैयाँ पुगेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
दसैँअघिको अन्तिम कारोबार दिन भने छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य २५ रुपैयाँले बढेको हो ।
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१ ११:०३
प्रतिक्रिया दिनुहोस्