site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनकामना केबलकार तीन दिन बन्द गरिने
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

चितवन । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो कात्तिक १ गतेसम्म बन्द गरिने भएको हो ।

मर्मत–सम्भारका साथै केबलकारको लट्ठा समेत छोट्ट्याउने कामका निम्ति असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

उनका अनुसार, केबलकार कात्तिक २ गतेदेखि नियमित सञ्चालनमा ल्याइनेछ । यसअघि, विजयादशमी र एकादशीको दिन पनि केबलकार बन्द गरिएको । आज भने केबलकार सञ्चालन गरिएको छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका निम्ति ०५५ मंसिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार बटम स्टेसन भने चितवनको इच्छकामना गाउँपालिका–४, चेरेसमा छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro