site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालबाट मनसुन बहिर्गमन : कुन वर्ष कहिले ? (सूचीसहित)
फाइल तस्बिर ।

काठमाडौं । नेपालका सबै भूभागबाट शनिबार (अक्टोबर १२) यो वर्षको मनसुन प्रणाली बाहिरिएको छ ।

नेपालबाट मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ हो । यो वर्ष मनसुन सरदर मितिभन्दा १० दिन ढिलो गरी नेपालबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन भित्रने औसत मिति जुन १३ हो । यो वर्ष सरदर मितिभन्दा तीन दिन छिटो अर्थात् जुन १० (जेठ २८)मा मनसुन नेपाल भित्रिएको थियो ।

हरेक वर्ष मनसुन सरदर मितिभन्दा ढिलो वा चाँडो पनि बाहिरिन र भित्रन सक्ने मौसमविद्ले बताउँदै आएका छन् । सन् १९९८ र २०१५ मा मात्र औसम मिति अर्थात् जुन १३ मै मनसुन नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ ।

विभागले सन् १९६८ देखि मनसुन प्रवेश र बहिर्गमनको तथ्यांक राख्न थालेको हो । सन् १९८९ र २००५ मा मात्र सरदर मिति अर्थात् अक्टोबर २ मै नेपालबाट मनसुन बाहिरिएको थियो । सन् १९९५ मा सेप्टेम्बर २ मा मनसुन बाहिरिएको थियो । नेपालबाट उक्त वर्ष सबैभन्दा छिटो मनसुन बाहिरिएको विभागको तथ्यांक छ ।

सन् २०१३ मा हालसम्मकै ढिलो अर्थात् अक्टोबर १९ मा नेपालबाट मनसुन बाहिरिएको थियो । गत वर्ष अक्टोबर १५ मा मनसुन बाहिरिएको थियो । गत वर्षभन्दा यसपालि तीन दिन छिटो मनसुन बाहिरिएको छ ।

हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्ने गर्छ । मनसुन बाहिरिने क्रम सुदूरपश्चिम प्रदेशबाट सुरु हुन्छ । त्यसपछि क्रमिक रूपमा कोसी प्रदेश हुँदै बहिर्गमन हुन्छ । यसको प्रवेश कोसीबाट हुन्छ । विस्तारै त्यो फैलिएर सुदूरपश्चिमसम्म पुग्छ ।

सूची हेर्नोस्–

efmgmmg-1728726248.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro