site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी गरिन्छ मौसम पूर्वानुमान, कस्तो छ प्रविधि ? (भिडियो)

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार (हिजो) मनसुन विशेष बुलेटिन जारी गर्‍यो । यसपालि मनसुन विशेष बुलेटिन जारी गरिएको यो पाँचौँपटक हो । विशेष अवस्थामा महाशाखाले यसप्रकारको बुलेटिन जारी गर्दै आएको छ ।

महाशाखाले यसबाहेक दैनिक रूपमा मौसम पूर्वानुमान बुलेटिन जारी गर्छ । हरेक दिन बिहान र साँझ जारी गरिने बुलेटिनमा तीन दिनको सम्भावित मौसमी अवस्थाबारे जानकारी गराइन्छ ।

मौसम पूर्वानुमानका निम्ति सुरुमा वर्तमान अवस्थाको विश्लेषण गरिन्छ । त्यसपछि विभिन्न ‘मोडल’ हेरिन्छ । अनि, आफूहरूबीच छलफलपश्चात् पूर्वानुमान जारी गरिने महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

“साइन्स हेरेर अथवा कम्प्युटर मोडलिङ हेरेर हामी पूर्वानुमान गर्छौँ । मौसम पूर्वानुमानको अनिश्चितता हुन्छ, जहाँ पनि । यो नेपालमा मात्र होइन, विश्वव्यापी नै अनिश्चितताचाहिँ हुन्छ,” उनले भनिन्, “अमेरिका, युरोपलगायत एकदम डेभलप कन्ट्रीहरूमा पनि पूर्वानुमान शतप्रतिशत मिल्दैन ।”

आफूहरूसित पर्याप्त प्रविधि नभएको उनले स्पष्ट पारिन् । “हामीसँग प्रविधि पनि टाइम स्पेसिफिक, एरिया स्पेसिफिक, कति बजेर कति मिनेटमा कहाँ कुन ठाउँमा पानी पर्छ, कति बजे रोकिन्छ भनेर भन्न सक्ने किसिमको छैन,” उनले भनिन् ।

विगत १० वर्षको तुलनामा भने महाशाखा प्रविधिमा धेरै अगाडि बढिसकेको उनले बताइन् । तर, अझै प्रविधि अपर्याप्त र जनशक्ति एकदमै न्यून रहेको उनले उल्लेख गरिन् ।

मौसम पूर्वानुमान गर्ने विधि, प्रविधि, पूर्वानुमान नमिल्नुका कारण, विभिन्न प्रणाली, मनसुन, स्थानीय र पश्चिमी वायुलगायत विषयमा उनै मौसमविद् शान्ति कँडेलसित बाह्रखरीले गएको सोमबार (असार २४) गरेको भिडियो कुराकानी हेर्नोस्–

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro