अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य घटेर एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि ४० रुपैयाँ घटेर एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१ ११:१५
प्रतिक्रिया दिनुहोस्