site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारले तरकारी र फलफूलको बजार मूल्य निर्धारण गर्ने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौंका कालीमाटी, कुलेश्वर र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेका छन् । आइतबार अपराह्न उनी सम्बन्धित निकायका अधिकारीसँग उक्त तरकारी तथा फलफूल बजारको अनुगमनमा पुगेका हुन् ।

तरकारी तथा फलफूलको मूल्य अकासिएका बेला मन्त्री भण्डारीले बजारको अनुगमन गरे । उनले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गर्ने पनि बताए ।

उनले भने, “तरकारी बजारको अहिले हामी अनुगमनको क्रममा छौँ । सम्बन्धित अधिकारीहरू हुनुहुन्छ । उहाँहरूले हेर्नुहुन्छ,” उनले भने, “उहाँहरूसँग हामीले पछिल्लो खरिद मूल्य कति छ, किसानहरूले कति प्राइसमा बिक्री–वितरण गरेका छन् ? अभाव छ, छैन ? यी सबै कुराहरू हेरेर हामी बजार मूल्य तोक्छौँ ।”

तरकारी तथा फलफूलको मूल्य दशौँ गुणा बढाइएको भन्दै उपभोक्ताले व्यापारीमाथि कारबाही गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro