site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बाढीपीडितलाई तत्कालै राहत उपलब्ध गराउन कोसी सरकारलाई कांग्रेसको ध्यानाकर्षण

विराटनगर । नेपाली कांग्रेस प्रदेश समितिले कोसी सरकारलाई बाढीपहिरोपीडितका लागि तत्कालै राहत उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ ।

पार्टीका प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आइतबार मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन् । केही दिनअघि आएको बाढीपहिरोमा परी ज्यान गुमाएको परिवारलाई तत्काल  राहत उपलब्ध गराउन ध्यानाकर्षण गराएको हो । कांग्रेस आफैँ कोसी सरकारमा सामेल छ । 

Argakhachi Cement Island Ad

अवरुद्ध सडक तत्काल खुलाउने गरी मर्मत सुरु गर्न कांग्रेसले आग्रह गरेको छ । विपद्को घडीमा प्रदेश सरकारले तत्काल मृतकका परिवारलाई राहत, घाइतेलाई निःशुल्क स्वास्थ्य उपचार, बेपत्ताहरूको खोजी, विस्थापितहरूको पुनर्स्थापना, बालीनाली नष्ट भई विस्थापित भएकाहरूलाई आवश्यक राहत सरकारले उपलब्ध गराउन कांग्रेसले प्रदेश सरकारले ध्यानकर्षण गराएको छ ‌ ।

शनिबार एमालेले पनि मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएको थियो ।‌
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्