site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेलकी विशाखा लक्ष्मी खड्का ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित

काठमाडौं । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन् ।

यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका महत्त्वपूर्ण कार्यहरू र ती कार्यहरूको प्रभावको सम्मान रहेको एनसेलले जनाएको छ । साथै, यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारी लगायतका क्षेत्रहरूमा गर्दै आएको प्रभावकारी सामाजिक पहलहरूको एक प्रमाण हो ।

Dabur Nepal
NIC Asia

“यो हाम्रो टिम एनसेलले गरेको सामूहिक प्रयासको नतिजा हो र हामीले गरेका सामाजिक पहलले अन्तर्राष्ट्रिय मान्यता पाएकोमा धेरै खुसी छौँ । एनसेल फाउन्डेसनको सुरुआतसँगै हामी सामाजिक पहलमार्फत समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन, सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउन र दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि सरकारलाई सहयोग गर्ने हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिबद्ध छौँ,” खड्काले भनिन् ।

एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा एक करोड ३० लाखभन्दा बढी नेपालीलाई सकारात्मक प्रभाव पार्दै देशभर १०० भन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरेको छ । रिङरोडको कोटेश्वर–कलंकी १०.२ किलोमिटर सडक खण्डको दुवैतिर गरिएको ल्यान्डस्केपिङ र हरियाली विकास, धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन तथा स्वास्थ्य सूचना कार्यक्रम, ६० वटा सरकारी विद्यालयमा स्थापना गरिएको आधुनिक डिजिटल आईटी ल्याब र सबै प्रदेश समेटिने गरी सञ्चालन गरिएको एटीन फर एटीन सामाजिक पहल एनसेलले कार्यान्वयन गरेको केही प्रमुख परियोजनाहरू हुन् ।

आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा एनसेलले नाइन्टिन फर नाइन्टिन सामाजिक पहलको पनि सुरुआत गरेको घोषणा गरेको छ । यसअन्तर्गत एनसेल फाउन्डेसनले सातवटै प्रदेशको सामुदाय स्तरमा कुल १९ सामाजिक परियोजनाहरू सञ्चालन गर्नेछ । एनसेलले विभिन्न सामाजिक पहलहरूमा दुई अर्बभन्दा बढीको योगदान गरिसकेको छ । सामाजिक परियोजनामार्फत सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याएकोले एनसेल एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेको छ ।

वुमन्स ट्याब्लोइड अवार्ड्सले मुख्य रूपमा वुमन लिडर, चिफ एक्जिक्युटिभ अफिसरहरू, उद्यमीहरू, र महिलाले सञ्चालन गरेका व्यवसायहरूको उल्लेखनीय उपलब्धिहरूको सम्मान गर्दछ । वुमन ट्याब्लोइड एउटा ग्लोबल बिजनेस म्यागेजिन हो जसले विभिन्न उद्योगहरूमा महिलाहरूले गरेको उपलब्धि, चुनौती र योगदानलाई हाइलाइट गर्दछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  २१:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro