site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ । अध्यक्षमण्डको बुधबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सम्मलेन नै स्थगित गरिदिएको हो ।

बाढीपहिरो र दसैँलाई कारण देखाएर सम्मेलन स्थगित गरिएको छ । "निर्वाचनको सबै प्रक्रिया पूरा गर्न दसैँ अगाडिको समय पर्याप्त नभएको प्राप्त सुझावलाई समेत मध्यनजर गरी निष्कर्षमा पुग्न अध्यक्ष मण्डलबीच व्यापक र गम्भीर छलफल हुँदा हाल जारी रहेको राष्ट्रिय सम्मेलन स्थगित गर्न उचित र श्रेयकर भएको निष्कर्षसहित हाललाई जारी सम्मेलन स्थगित गर्ने निर्णय भएको," सूचनामा भनिएको छ ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेबाट काठमाडौंमा सुरु भएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  २०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro