site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
सातै प्रदेशबाट जलनको निःशुल्क उपचारको तयारी, कुन अस्पतालमा कस्ता बिरामीको गरिन्छ ? 
SkywellSkywell

काठमाडौं । सरकारले सातै प्रदेशबाट जलनको निःशुल्क उपचार सेवा सञ्चालन गर्ने तयारी गरेको छ । त्यसका निम्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गृहकार्य गरिरहेको छ । 

आगामी दुई महिनापछि सातै प्रदेशबाट सेवा सुरु गर्नेगरी कार्यविधिलाई अन्तिम रूप दिन लागिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । 

वीर केन्द्र, यी अस्पतालबाट दिइनेछ सेवा 
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सार्वजनिक गरेका योजना तथा कार्यक्रममा जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने उल्लेख गरेका थिए । सोही योजनाअनुसार स्वास्थ्यले अर्थ मन्त्रालयको सहमतिमा गृहकार्य अघि बढाएको हो ।

KFC Island Ad
NIC Asia

जलनको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्ययोजनामा वीर अस्पतालले केन्द्रीय अस्पतालको सेवा दिने उल्लेख छ । प्रदेशस्तरबाट कोसीमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेसमा नारायणी अस्पताल वीरगञ्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज, कर्णालीमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, धनगढीले यो सेवा दिनेछन् । 

के के सेवा निःशुल्क हुन्छन् ?
प्रवक्ता बुढाथोकीका अनुसार जलनको प्राथमिक उपचारदेखि अंगभंग भएकाको समेत उपचार निःशुल्क गर्ने कार्यविधिमा उल्लेख छ  । 

यसमा इमर्जेन्सी सेवा, सामान्य जलनका बिरामीको प्राथमिक उपचार, आईसीयूबाट हुने उपचार, शल्यक्रिया, अंगभंग भएमा कृत्रिम अंग र अत्यावश्यक भागहरूमा प्लाष्टिक सर्जरीसम्मको उपचार समेटिएको छ । 

नेपालको हकमा प्लाष्टिक सर्जरी र कृत्रिम अंग निकै महंगो उपचार विधि मानिन्छ । तर, आवश्यकता र औचित्य हेरेर यी सेवाहरू पनि निःशुल्क गरिने डा. बुढाथोकीले बताए । “अनुहार वा अन्य अंगमा असर नै पर्ने गम्भीर अवस्था भए प्लाष्टिक सर्जरी पनि निःशुल्क हुन्छ, तर राम्रो देखिनकै लागि गरिने कस्मेटिक सर्जरी चाहिँ निःशुल्क हुँदैन,” उनले भने । 

जटिल प्रकारको जलनको शल्यक्रिया तथा जीवनयापनसम्मको उपचार पद्धति निःशुल्क हुने कार्यविधिमा उल्लेख छ । त्समा अंगभंग भएमा कृत्रिम अंग जोड्ने पनि समेटिएको छ । 

कुन अस्पतालबाट कस्ता सेवा ? 
जलनको निःशुल्क उपचार गर्न बनेको कार्यविधिमा प्रमुख अस्पतालको रूपमा वीरले सेवा दिने उल्लेख छ । यसबाहेक प्राथमिकदेखि शल्यक्रिया, आईसीयू लगायतका सेवा प्रदेशस्तरबाटै दिइनेछ । 

प्रदेश अस्पतालहरूमा हाल भएका जनशक्ति थप गरी छात्रवृत्तिका चिकित्सक तथा अन्य विशेषज्ञहरू पनि केन्द्रले पठाउनेगरी गृहकार्य गरिएको प्रवक्ता बुढाथोकीले बताए । 

कीर्तिपुर अस्पतालमा हाल भएको चाप कम गर्न वीर अस्पतालमा भर्खरै पुनः सञ्चालनमा आएको जलन उपचार केन्द्रलाई अझै सक्रिय गराउने मन्त्रालयको योजना छ । केन्द्रले गएको भदौ २८ गतेदेखि  १० वटा जनरल बेड, पाँच आईसीयू र तीनवटा अप्रेशन थिएटरमार्फत् सेवा दिन थालेको छ । 

यसबाहेक पाटन अस्पताल, त्रिवि शिक्षण अस्पतालमा हाल सञ्चालन भइरहेको सेवालाई अझै चुस्त दुरुस्त बनाउने मन्त्रालयको योजना छ । प्रदेशस्तरीय अस्पतालबाट हुन नसकेको उपचारका निम्ति यीनै अस्पतालमा रिफर गरिनेछ । 

जलनको उपचारका निम्ति सरकारी अस्पताललाई नै प्राथमिकतामा राखी कीर्तिपुर अस्पतालसँग कार्यविधिअनुसार छुट्टै सम्झौता गरिने प्रवक्ता बुढाथोकीले जानकारी दिए । 

कसरी गर्दै छ मन्त्रालयले बजेट व्यवस्थापन ? 
चालु आर्थिक वर्षमा जलनको उपचारका निम्ति झन्डै साढे ९ करोड रुपैयाँ बजेट छुट्याउनुपर्ने मन्त्रालयको अनुमान छ । सो रकम मन्त्रालयले आफ्नै बजेटबाट खर्च गर्ने तयारी गरेको छ । आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि रकमान्तर गर्न मिल्ने बजेट जलनको उपचार सेवामा खर्च गर्ने मन्त्रालयको योजना छ । 

आगामी आर्थिक वर्षदेखि भने बजेटमा नै पार्नेगरी अर्थ मन्त्रालयसँग सहमति भएको बुढाथोकीले बताए । यसबाहेक प्रदेशस्तरका अस्पतालले दाताको सहयोग पनि लिनसक्नेगरी कार्यविधि बनाइएको छ । कार्याविधि मन्त्रिपरिषद्‌बाटै स्वीकृत गर्ने मन्त्रालयको तयारी छ । 

कीर्तिपुर अस्पताललाई उपलब्ध गराउने भनिएको पाँच करोड रुपैयाँ पनि नगरपालिकामार्फत् कात्तिकभित्रै भुक्तानी गर्ने तयारी भएको बुढाथोकीले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro