site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु
Tiktok banner adTiktok banner ad

म्याग्दी । मुस्ताङको वारागुङ–रानीपौवाबाट मुक्तिनाथ–पुराङ–झोङ हुँदै तेताङ जोड्ने सडक खोल्ने तथा स्तरोन्नति गर्ने आयोजना सुरु भएको छ ।

आयोजनामार्फत रानीपौवाबाट झोङसम्म चार किलोमिटरमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र र झोङबाट तेताङसम्म सात किलोमिटर नयाँ मार्ग निर्माण गरिने मुस्ताङ पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम मगरले जानकारी दिए । 

“सम्झौता गरेको निर्माण कम्पनीले तेताङतर्फबाट डोजर परिचालन गरेर ‘ट्रयाक’ निर्माण थालेको छ”, उनले भने, “रानीपौवा–झोङ खण्डमा कालोपत्रका लागि पहिलो चरणमा सडक फराकिलो बनाउन सुरु भएको छ ।” 

यो आयोजनाका लागि गण्डकी प्रदेश सरकारले १० करोड बजेट विनियोजन गरेको छ । विसं. २०८३ साउन २८ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेको आयोजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा  एक करोड ६० लाख बजेट विनियोजन गरेको छ । 

यो कालीगण्डकी करिडोरको कागबेनी–छुसाङ खण्डको वैकल्पिक सडक हो । कागबेनीबाट मुक्तिनाथ मन्दिरमा जाने पर्यटक तथा तीर्थयात्रीलाई यही सडक भएर उपल्लो मुस्ताङको यात्रा गर्न सहज हुनेछ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सहज हुने भएकाले यो सडकलाई प्राथमिकता दिएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro