site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै, मन्त्रीहरूको ब्रिफिङपछि दलले निर्णय गर्ने 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । 

बैठकमा यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोसहितका विपत्तिमा नागरिकका समस्यासँग जोडिने र त्यस्ता समस्याबाट नागरिकलाई बाहिर निकाल्ने विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । 

बैठकमा सुरुमा बाढीपहिरो तथा त्यसबाट निम्तिएको संकट र क्षतिका विषयमा सरकारमा रहेका मन्त्रीहरूले आआफ्ना क्षेत्रको ब्रिफिङ गर्ने कार्यसूची रहेको छ । मन्त्रीहरूको ब्रिफिङपछि संसदीय दलले निर्णय गर्नेछ । नेपाली कांग्रेसले यसअघि नै सांसदहरूको १५ दिनको तलब बाढीपहिरोपीडितका लागि दिने निर्णय गरिसकेको छ । 

दलले आज त्यसलाई औपचारिकता दिँदै संसद् सचिवालयलाई खाताबाटै विपद्का लागि १५ दिनको तलब विपद् पीडितहरूको राहत कोषमा जम्मा गर्न पत्राचार गर्नेछ । संसदीय दलको बैठक अघि १ बजे संसदीय दलको नेताको कार्यकक्षमा संसदीय दल कार्यसमितिको बैठक डाकिएको छ । नेपाली कांग्रेसले विपद् पीडितहरूका लागि ५० लाख पार्टीका तर्फबाट दिने घोषणा गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro