site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीले अवरुद्ध खानेपानी आपूर्ति आजदेखि सञ्चालन हुने
Tiktok banner adTiktok banner ad

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले काठमाडौंका केही स्थानमा अवरुद्ध बनेको खानेपानी आपूर्ति आजदेखि सञ्चालन हुने भएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले बाढीले क्षति पुर्याएका ठाउँमा आइतबार अनुगमन तथा निरीक्षण गरेर खानेपानी आपूर्तिका लागि आवश्यक कार्य गर्न निर्देशन दिएअनुसार काम अगाडि बढेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए । 

उनले भने, “सोमबार (आज)सम्म वाग्मती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गर्छौं । भूमिगत पानीका धेरै पम्पहाउस डुबानमा भएकाले भूमिगत स्रोतको हाल एक करोड लिटर पानी मात्रै वितरण गर्न सकिनेछ ।”

ललितपुरको फर्पिङ जलविद्युत् गृहबाट फर्पिङ पम्पिङ स्टेसनमा ल्याइएको पेनस्टक पाइप फुटेको हुँदा फर्पिङमा पानी आपूर्ति असहज भएको पौडेलले बताए ।  

काठमाडौंको महांकाल चौरको पम्पिङ सिस्टम क्षतिग्रस्त भएकाले मर्मतसम्हारका लागि थप दुई दिन लाग्ने कार्यकारी निर्देशक पौडेलले बताए ।  विद्युतीय उपकरणमा समस्या आएका कारण पूर्ववत् अवस्थामा नियमित पानी आपूर्तिमा समस्या भएको जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro