site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मधेस प्रदेश सरकारद्वारा आपतकालीन रकम विनियोजन

धनुषा । मधेस प्रदेश सरकारले अविरल वर्षाले पुर्याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक एक करोड आपतकालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ ।

मधेसमा बाढीबाट भएको सडक क्षतिको पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकम विनियोजन गर्ने निर्णय गरेको छ । 

Dabur Nepal
NIC Asia

आइतबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको  मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए । 

मुख्यमन्त्री सिंहले भने, “मधेस सरकारका गृह, सञ्चार तथा कानुनमन्त्रीको अगुवाइमा प्रादेशिक सुरक्षा समितिको बैठक बस्न लगाएर मधेसको कुन वडामा कति क्षति भएको छ, वडास्तरीय क्षतिका विवरण ल्याउन निर्देशनसमेत दिइएको छ ।”

मुख्यमन्त्री सिंहले देशभरिका बाढी र पहिरोको प्रकोपले मधेस अछुतो नरहेको र आठवटै जिल्लामा समस्या भए पनि सप्तरीमा कोसी नदीका कारण हनुमाननगर कंकालनी, रौतहटमा वाग्मती नदीका कारण राजदेवी नगरपालिका र सर्लाहीमा बकैया र वाग्मती नदीका कारण बलरा नगरपालिकासहितका पालिकाहरु अति प्रभावित भएको जानकारी दिए । 

उनले मन्त्रिपरिषद्को बैठकबाट सम्पूर्ण दातृ निकायहरुलाई राहतका लागि खुला आह्वान गरिएको र प्रभावित क्षेत्रमा पुग्न आग्रह गर्ने निर्णय भएको बताए । 

मुख्यमन्त्री सिंहले मधेसको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको समेत बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro