site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीका निम्ति नेपाली टिम घोषणा
SkywellSkywell

 

काठमाडौं । नेपालमा हुने एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्सट्रफी–२०२४ का निम्ति नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।

प्रतियोगिताका निम्ति नेपाल रग्बी संघले आइतबार महिला र पुरुष दुवैतर्फ समान १६ सदस्यीय राष्ट्रिय टोली सार्वजनिक गरेको हो ।

Dabur Nepal
NIC Asia

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिताका असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुने छ । जसमा महिला र पुरुष गरी कुल १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

संघले घोषणा गरेको पुरुष टिममा विवेश बासु, सविन महत, क्याल्भिन जोशी, विराट श्रेष्ठ, यदु अधिकारी, निरोज कार्की, विक्रम पुरी, नविनबहादुर मगर, गणेश बाँनिया, रोहन डंगोल, विजय खड्का र कपिल ठकुरी छन् । यस्तै, विनोदबहादुर शाही, मशेष सुनार, सञ्जय अधिकारी र प्रमेश चौधरी वैकल्पिकमा छन् ।

महिलातर्फ आशा कुँशार, पुनम भुजेल श्रेष्ठ, सुस्मिता क्षेत्री, अनु शेर्पा, विशाकामार्किन राई, रोजिना पोखरेल, विनिता शाही ठकुरी, सुजा राई, मनिषा घिसिङ, मनिषा थापामगर, कमला राई र सिर्जना राई छन् । यस्तै, वैकल्पिकमा संगिता घिसिङ, सावित्री पुर्जा, सिर्जना छन्त्याल र अप्सरा कार्की छन् ।

नेपालमा एसियालीस्तरको सिनियर रग्बी प्रतियोगिता हुन लागेको यो पहिलोपटक हो । यस प्रतियोगिताका लागि नेपालले पछिल्लो तीन महिनादेखि पोखरामा तयारी गरिरहेको छ ।

प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कास्य पदक प्राप्त गर्नेछन् ।

यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटको रुपमा समेत रहको छ । काठमाडौंमा हुने एसिया रग्बी सेभेन्स ट्रफीको महिला र पुरुषतर्फको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् । जसले गर्दा यो प्रतियोगिता अझ बढी प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

नेपाली टिमले सन् २०१५ को प्रिओलम्पिकक्वालिफायर र सन् २०१६ देखि एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुँदै आएको छ । गतवर्ष कतारमा सम्पन्न भएको प्रतियोगितामा नेपालको पुरुष टोलीले साउदी अरेबिया र कीर्गिस्तानलाई हराएको थियो । नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाए लगत्तै सन् २०२२ मा बंगलादेशमाबंगबन्धु कप खेल्दै रग्बी फिफ्टिन्समा पनि डेब्यु गरेको थियो ।

नेपालले यो प्रतियोगिताबाट आफ्नो वरीयता सुधारसँगै बल च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाल रग्बी संघले छ । कार्यक्रमको उद्घाटन अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी रहेको रग्बी संघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro