site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढीले निजी क्षेत्रको ६६२ मेगावाटका १६ आयोजनामा क्षति

काठमाडौं । शुक्रबारदेखि आएको बाढीपहिरोले निजी क्षेत्रका १६ आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले दिएको तथ्यांकअनुसार ६६१.६९ मेगावाट क्षमताका १६ आयोजनामा क्षति पुगेको हो ।

बाढीका कारण क्षतिग्रस्त जलविद्युत् आयोजनको प्रारम्भिक विवरण मात्रै आएको जनाइएको छ । बाढीका कारण मान्डू हाइड्रो पावर प्रवर्द्धक रहेको २२ मेगावाट क्षमताको वाग्मती साना जलविद्युत् आयोजनाको पावर हाउस डुबेको छ । माउन्टेन हाइड्रो नेपालको प्रवर्द्धक रहेको २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजना पावर हाउस डुबेको छ । अघिल्लो वर्षको बाढीमा पनि यस आयोजनामा क्षति पुगेको थियो ।

पाँचथर पावर कम्पनी प्रवर्द्धक रहेको १४.९ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् पुनर्निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षति पुगेको छ । साहस ऊर्जा कम्पनी प्रवर्द्धक रहेको ८६ मेगावाट क्षमताको सोलु दूधकोसी आयोजनाको हेडवर्क्समा क्षति पुगेपछि उत्पादन बन्द भएको छ ।

Dabur Nepal
NIC Asia

यता, सगरमाथा जलविद्युत् कम्पनी प्रवर्द्धक रहेको तीन मेगावाट क्षमताको माइखोला क्यास्केड जलविद्युत् बाँध र टेलरेसमा क्षति पुगेपछि उत्पादन बन्द भएको छ । सगरमाथा कम्पनीकै ९.६ मेगावाट क्षमताको माइखोला जलविद्युत्को प्रसारण लाइन र बाँधमा क्षति पुगेपछि उत्पादन बन्द छ ।

फेमे खोला जलविद्युत् एक मेगावाट क्षमता रहेको आयोजनाको बाँध र विद्युत्गृह पूर्ण रूपमा क्षति पुगेको छ ।

पाँच मेगावाट क्षमता रहेको सिउरीखोला जलविद्युत् आयोजनाको टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेपछि उत्पादन ठप्प छ । ४० मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत् आयोजनाको पुहँचमार्ग र प्रोटेक्सन वालमा क्षति पुगेको छ । २५ मेगावाट क्षमताको इलेपखोला तातोपानी जलविद्युत् पहुँचमार्गमा क्षति पुगेको छ ।

२१६ मेगावाट क्षमताको त्रिशूली–१ जलविद्युत् आयोजनाको क्याम्प हाउस, पहुँचमार्गमा क्षति पुगेको छ भने तीनवटा कन्टेनर बगाएको छ ।

१० मेगावाट क्षमताको हेवाखोला जलविद्युत् आयोजनाको प्रसारणलाइनको टावर ढलेको छ । यस्तै, पावरहाउसमा जडानको लागि ल्याइएका सामग्री बगाएको छ ।

१५.१ मेगावाट क्षमताको सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग र पावरहाउस परिएको छ । ६.३ मेगावाट क्षमताको सभाखोला ‘सी’ जलविद्युत् आयोजनाको पहुँचमार्गमा क्षति पुगेको छ ।

८६.५९ क्षमताको लान्द्रक मोदी जलविद्युत् आयोजनाको पहुँच मार्गमा क्षति पुगेको छ । यस्तै, १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनाको दुईवटा स्काभेटर र लोडर बगाएको छ । यस्तै, पावर हाउस स्काभेसन पुरिएको इप्पानले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro