site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनताप्रति सरकार चरम उदासीन : प्रचण्ड 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जनताप्रति चरम उदासीन रहेको टिप्पणी गरेका छन् । प्रचण्डले आइतबार विज्ञप्ति जारी गर्दै राजधानीमा नै बाढीपीडितहरू उद्धारका लागि लामो समय प्रतीक्षा गर्नुपरेकाले सरकार उदासीन रहेको टिप्पणी गरेका हुन् । 

“भारी वर्षाको पूर्वानुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु । राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ,” विज्ञप्तिमा भनिएको छ । 

उनले बेपत्ता नागरिकको खोजी, घाइतेहरूको निःशुल्क उपचार र विस्थापितहरूलाई पुनस्र्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण पनि गराएका छन् । उनले नेपालीहरूको मुख्य पर्व दसैँ तिहार नजिकिएकाले युद्धस्तरमा पुनर्निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववत् रूपमा सञ्चालनका लागि तत्काल पहल गर्न पनि ध्यानाकर्षण गराएका छन् ।
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro