site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
विपद्को घडीमा एनसेलको निःशुल्क डेटा प्रदान

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलले विपद्को घडीमा निःशुल्क डेटा प्रदान गरेको छ । विपद्को घडीमा सञ्चार सेवा निश्चित गर्न निःशुल्क डेटा प्रदान गरिएको एनसेलले जानकारी गराएको छ ।

“भारी वर्षाका कारण सिर्जना भएको यस अप्ठेरो स्थितिलाई ध्यानमा राख्दै एनसेलले असोज १२, २०८१ शनिबार बिहानैदेखि लगातार वर्षाका कारण भएको बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराइसकेको छ,” एनसेलद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यसले आफ्ना ग्राहकलाई परिवार, आफन्तजन, साथीभाइसँग सम्पर्कमा रहिरहन, महत्त्वपूर्ण जानकारी प्राप्त गर्न र तुरुन्तै आवश्यक सहयोगका निम्ति सम्पर्क गर्न र सुरक्षित रहन सहयोग गर्ने एनसेलले विश्वास लिएको छ ।

निःशुल्क डेटा उपलब्ध गराउनुका साथै कम्पनीले हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहत प्रयासमा थप योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

“नेपाली जनताको सुरक्षालाई सुनिश्चित गर्न र नेपाल सरकारको प्रयासमा सहयोग गर्न एनसेल विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायहरूसँग समन्वय र सहकार्य गरिरहेको छ,” विज्ञप्तिमा उल्लेख छ ।

बाढीपहिरोबाट प्रभावित सबैमा एनसेल परिवारका तर्फबाट सहानुभूति व्यक्त गरिएको छ । पुनर्स्थापनाका निम्ति एनसेलले सकेको सहयोग गरिरहेको जनाइएको छ ।

“एक करोड ३० लाखभन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गर्ने कम्पनी एनसेल, एक नेटवर्क सेवाप्रदायक मात्र नभई नेपाल र नेपाली समुदायहरूको एक अभिन्न अंग हो । हाम्रो सेवा ग्राहकलाई अनलाइन राख्न मात्र सीमित नभईे यी सेवाको साथ ग्राहकले आवश्यक सुरक्षा पाउन, राहत प्रयासहरू समन्वय गर्न र महत्त्वपूर्ण व्यक्तिहरूसँग सम्पर्कमा रहन मद्दत पुर्‍याउने हो,” विज्ञप्तिमा भनिएको छ, “यस किसिमको विपद्को समयमा हामी एनसेल तपाईंको साथमा छौँ र आवश्यक सहयोग गर्न प्रतिबद्ध पनि छौँ ।”

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro