site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीपहिरोले ठूलो क्षति : देशभर ६२ जनाको मृत्यु, ४३ बेपत्ता

काठमाडौं । मनसुन बाहिरिने समय नजिक रहँदा भारी वर्षासँगै बाढीपहिरोले देशभर ठूलो क्षति भएको छ । अविरल वर्षा, बाढीपहिरो र चट्याङबाट ६२ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीले शनिबार बेलुका ६ बजे अध्यावधिक गरेको विवरणानुसार, यो अवधिमा विपद्का घटनामा परी ४३ जना बेपत्ता छन् । ३६ जना घाइते भएका छन् ।

Argakhachi Cement Island Ad

देशका विभिन्न स्थानबाट एक हजार ४५६ जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

efmgm-1727527601.jpg
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्