site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
७० लाखमा बनेको ‘सानो संसार’, अर्जुनकुमार भन्छन्– नेपाली सिनेमाको बजेट नै यति हो 

काठमाडौं । नेपाली चलचित्र ‘सानो संसार’ यो शुक्रबार रिलिज हुँदै छ । अर्जुनकुमारको निर्माण रहेको यो चलचित्र ७० लाखमा बनेको हो । 

अक्सर दुई करोडभन्दा कम बजेटमा चलचित्र बन्दैनन् भनेर अधिकांश निर्माता तथा निर्देशकले बताइरहँदा अर्जुनले ७० लाखमा ‘सानो संसार’ बनाएका हुन् । उनी भने यो बजेटलाई आम नेपाली चलचित्रको बजेट भएको दाबी गर्छन् । 

“अधिकांश नेपाली चलचित्र ७० लाख आसपासकै बजेटमा बन्ने हो । तीन/चार करोड भन्ने त समाचार र फेसबुकमा हो,” उनले दाबी गरे, “व्यवसायिक रूपमा टाइट गरेर बनाउने हो भने ७० लाखको आसपासमा चलचित्र बन्छन् ।” 

चलचित्र क्षेत्रमा अनावश्यक हल्ला हुने गरेको उनी बताउँछन् । “सिनेमा निर्माणको प्रक्रिया र यसको बजार थाहा नहुने नयाँ निर्मातालाई भ्रममा राखेर चलचित्र दुई/तीन गुणा बढाएर बजेट देखाउने हो भने कुरा बेग्लै हो,” उनी भन्छन्, “नयाँ कलाकार र निर्देशक भएर मात्रै होइन मेरो सिनेमा ७० लाखमा बनेको ।” 

पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘सानो संसार’मा हास्य कलाकार केदार घिमिरे माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिकामा छिन् । उनीसँगै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ । 

सिद्धार्थ पुडासैनीको निर्देशन रहेको चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका हुन् । सिद्धार्थको यो डेब्यु निर्देशन हो । चलचित्रको कार्यकारी निर्माता माधव वाग्ले हुन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro