site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमको पोस्टमा एपीएफको १९ गोल

काठमाडौं । तीन खेलाडीको ह्याट्रिकप्रेरित एपीएफ क्लबले राष्ट्रिय महिला लिग–२०२४ मा सुदूरपश्चिम प्रदेशविरुद्ध १९–० को फराकिलो जित निकालेको छ । जुन जारी प्रतियोगिताकै सबैभन्दा ठूलो जित हो ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा एपीएफलाई जित दिलाउन रश्मि कुमारी घिसिङ र अनिता केसीले समान चार गोल गरिन् । प्रीति राईले ह्याट्रिक गर्दा सविता रानामगर र कुसुम खतिवडा समान दुई गोल थपिन् ।

Dabur Nepal
NIC Asia

यस्तै, सरु लिम्बु र रेनुका हमालले समान एक गोल थप्दा एपीएफले अर्को दुई गोल भने सुदूरपश्चिमकी सुमी राई र टिकेस्वरी साउदबाट आत्मघाति उपहार पाएको हो ।

एपीएफले खेलको पहिलो हाफमा ११ र दोस्रो आठ गोल थपेको हो । 

जितसँगै आठ खेलबाट २२ अंक जोडेको एपीएफ तालिकाको शीर्ष स्थानमा कायमै छ । एपीएफले हालसम्म प्रतियोगितामा हार बेहोरेको छैन । समान खेल खेल्दा पनि अंकविहीन सुदूरपश्चि तालिकाको पुछारमा छ । 

यसअघि, आजै भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कोसी प्रदेशले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro