site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
पाठकको नेतृत्वमा एक्काको कार्यसमिति चयन

काठमाडौं । अस्ट्रेलियामा नेपाली शैक्षिक परामर्शदाताहरूको छाता संगठनका रूपमा रहेको अस्ट्रेलियन एजुकेसन कन्सल्ट्यान्ट एलाइन्स (एक्का)को साधारणसभाले कोमलराज पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 

सिड्नीमा सम्पन्न एक्काको सातौँ साधारणसभाले पाठकको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो । संस्थाको उपाध्यक्षमा चुडामणि सिलवाल, सत्यप्रकाश कँडेल र शंकर धरेल निर्वाचित भएका छन् ।

यसैगरी संस्थाको सचिवमा योगेन्द्र पौडेल, सहसचिवमा राम चालिसे, कोषाध्यक्षमा भुवनहरि पाण्डे निर्वाचित भएको निर्वाचन समितिका संयोजक सन्जिव पाण्डेले जानकारी गराए । 

त्यस्तै, कार्यसमिति सदस्यमा अनिश पुरी, अर्जुन थपलिया, भूमि सुवेदी, सुनिल सिग्देल, अरूण गौतम, दिपक पौडेल, सागरकुमार शर्मा, सुमन अधिकारी निर्विरोध चयन भएको एक्काले जनाएको छ । कार्यक्रममा एक्काले पछिल्लो अस्ट्रेलियाको शैक्षिक नीति र त्यसले अन्तर्राष्ट्रिय विद्यार्थी  तथा व्यवसायीमा पर्न गएको समस्याका बारेमा विशेष अन्तर्क्रिया समेत आयोजना गरेको थियो । 
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro